समृद्धिकालागि पर्यटन प्रवर्द्धन अपरिहार्य

770
Shares

उदयपुर ।

उदयपुरको गाईघाटमा शनिवार आयोजित एक कार्यक्रममा गाउँको विकासमा ऐतिहासिक, धार्मिक, ,सांस्कृतिक स्थलहरुको पर्यटन विकास गर्ने हो भने समृद्धि सम्भव भएको कुरा कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

गाईद्धघाटमा शनिवार प्रेस चौतारी नेपाल उदयपुर जिल्ला शाखाले आयोजना गरेको उदयपुर जिल्लामा पर्यटन प्रवर्द्धन कार्यक्रमकालागि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिने वक्ताहरुले सम्भावना धेरै रहेको तर स्थानीय निकायहरुले पर्यटन प्रवर्द्धन कार्यक्रमलाई महत्त्व नदिएको बताएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि बस्नेतले स्थानीय पर्यटन प्रवर्द्धनमा पत्रकारहरुले खोजी पत्रकारिताका माध्यमबाट पर्यटकीय स्थलहरुको बारेमा सूचनना प्रवाह गरेर जानकारी दिनु पर्ने र त्यसलाई स्थानीय सरकारको सहयोगमा प्रवर्द्धन गर्न सके समृद्ध नेपाल सुखी नेपालीको नारा फलदायी हुने बताए ।

उदयपुर जिल्लाका पहाडी क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरु रहेको तर स्थानीय सरकारले आफ्नो कार्य क्षेत्रमा परे पनि विकास, संरक्षण तथा संम्वद्र्धनमा ध्यान नदिँदा ती स्थानहरु पछि परेकोले ती स्थानहरुलाई कृषि पर्यटन प्रवर्द्धन कार्यक्रमसँग जोडेर समृद्धिको यात्रामा लाग्नु आवश्यक भएको उदयपुर प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीले बताए ।

सो कार्यक्रममा उदयपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य माननीय अम्बर बहादुर रायमाझीले उदयपुरमा पर्यटन प्रवर्द्धन कार्यक्रमकालागि महत्त्वपूर्ण स्थानहरु रहेको र यसकालागि सडक सञ्जाल आवश्यक भएकोले आफूले यसकालागि पहल गरिरहेको बताए ।

सांसद रायमाझीले सडक विद्युत खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माण समृद्धिका आधार भएकोले आफूले मदन भण्डारी लोकमार्गसँग जोडिएर पहाडी षेत्रमा जाने मुर्कुची पुवारे लिम्चुङबुङ हलेसी, कोशी करीडोर, लगायतका महत्वपूर्ण अन्य सडक तथा भौतिक पूर्वाधार, आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सो कार्यक्रममा नेपाल कम्यनिष्ट पार्टी उमालेको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले पार्टीको नीति अनुसार आफूले उदयपुरको पर्यटनलाई समृद्धिसँग र समृद्धिलाई पर्यटनसँग जोड्न जनवर्गिय संगठनहरुसँग छलफल गरेको र जिल्लाभित्रका पर्यटकीय स्थलहरुको विकास, संरक्षण संवद्र्धन र पहिचानकालागि प्रेस चौतारीका पत्रकार साथीहरुले प्रचार प्रसारमा विशेष भूमिका खेल्नु पर्ने बताए।

सो कार्यक्रममा वक्ताहरुले जिल्लाका विभिन्न पालिकाहरुमा रहेका पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकेमा त्यस ठाउँका स्थानीयको रोजगारी तथा आय आर्जनमा ठूलो मद्दत पुग्ने भएकोले समृद्धिको दिगो आधार बन्न सक्ने कुरामा बढी जोठ दिएका थिए ।

 उक्त कार्यक्रममा पत्रकार वन्दना दनुवारले उदयपुरको पर्यटन प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन भने कार्यपत्रमाथि पत्रकार माधव पोखरेल गोज्याङ्ग्रे, सागर नेपाली, भुवन दाहाल, जयराम मगर लगायतकाले टिप्पणी सहित सुझाव प्रस्तुत गरेका थिए ।

प्रेस चौतारी नेपाल उदयपुर शाखाका अध्यक्ष पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राई, प्रेस चौतारी उदयपुरकी पूर्व अध्यक्ष बविता परियार, एमाले नेता तथा पाटी उप सचिव टेक बहादुर राउत लगायतका वक्ताहरुले जिल्लाको पर्यटन प्रवर्द्धनका विषयमा आ आफ्नो धारण राखेका थिए भने कार्यक्रम सञ्चालन प्रेस चौतारी उदयपुरका सचिव अन्जनी कुमार अधिकारीले  गरेका थिए ।