कांग्रसको राजनीतिक एजेन्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल

224
Shares

काठमाडौं ।

 नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएका बताएका छन्  ।
प्रेस चौतारी नेपाल सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले देशमा मूल राजनीतिक प्रतिस्पर्धी शक्ति एमाले र कांग्रेस भएका प्रष्ट पारे । ‘मूल पार्टी एमाले र कांग्रेस मात्रै हुन्, प्रतिस्पर्धा पनि यिनै दलबिच हुने हो’, उनले भने ।

दुई पार्टी मध्ये एजेन्डा र दृष्टिकोण बोकेको पार्टी नेकपा एमाले मात्र भएको उनले दाबी गरे । कांग्रेससँग कुनै एजेन्डा नै नभएको उनले दाबी गरे । ‘कांग्रेस अहिले एजेण्डामा छैन, गठबन्धन गरेनौँ भने चुनाव हार्छौ भन्ने मात्र छ, चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ’, उनले भने ।

कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको रिमालले बताए । त्यसैले कांग्रेस गठबन्धनका पछाडि लागेको उनले तर्क गरे ।
रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत लिन नसकेको बताए । ‘माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन, प्रखण्डजीको अहिले ३२ सिट छ ९० सिटलाई हल्लाएर खाइराख्नुभएको छ’, उनले भने ।