जिसस प्रमुख गौतमले धुलिखेल–खावा सडकमा सुरु गरे अनशन

266
Shares

काठमाडौँ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले अनसन सुरु गरेका छन्। धुलिखेल खावा सडक निर्माण सुस्त भएको र जनताले दुःख पाएकोले निर्माण चाँडो सक्न दबाब दिने उद्देश्यले आज २:३० बजे देखि अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकमा उनले अनसन सुरु गरेका हुन्।

चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको भन्दै  समन्वय प्रमुख गौतमले सरोकारवालासँग पटक–पटक छलफल गरेका थिए । तर, निर्माण कार्य अलपत्र छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।