कलाका अन्तर्मन सार्वजनिक



काठमाडौं ।

गीतकार तथा कवि कला सेरेङको कविता तथा गीत सङ्ग्रह कलाका अन्तर्मन राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सार्वजनिक गरेका छन्।

कुलपति राईले सेरेङको कलाका अन्तर्मन पहिलो प्रकाशन कविता संग्रह तथा अतितका मायाहरू समेटिएको म्युजिक भिडियो एकसाथ सार्वजनिक गर्दै कार्यक्रममा आएको विशेष अर्थबोध भएको चर्चा गरे।

पुस्तक कृतिभित्र एक सय १५ शीर्षकका गीत तथा कविता छन्। यसमा परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाइएको छ। मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितिका शब्द उनिएका छन्।

कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीतमार्फत पस्कन खोजेको बताए। प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्यमार्फत मानिसका भोगाइ र विम्ब प्रस्फुटन हुने चर्चा गरे।

बीबी अनुरागीले संगीत भरेका गीत अतितका यादहरू गायिका अन्जु पन्तले गाएकी छन्। गीतको भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ।

भिडियोमा सेरेङ र उनका जीवनसाथी सीएम सुनुवारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्