उनन्साठी बोरा सुपारीसहित ३ जना पक्राउ

588
Shares

उदयपुर  । 

जिल्ला प्रहरी कार्यालय  उदयपुर मातहतको बेलका नगरपालिका स्थित प्रहरी चौकी लाल बजारबाट खटिएको गस्तीमा रहेको प्रहरी टोलीले बिहीबार ५९ बोरा सुपारीसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधवार राती ११ बजे बेलका नगरपालिका ५ जहदा स्थित मदन भण्डारी लोकमार्गमा चेकजाँच गर्ने क्रममा ५९ बोरा सुपारीसहित तीन जनालाई पक्राउ गरिएको हो ।

प्र १(०१(००१ख ४१०३ नम्बरको मातृ भाग्यरेखा यात्रु बाहक बसमा कर छलिगरी ल्याउँदै गरेको काँचो सुपाडी ५९ बोरामा अन्दाजी ३००० के.जी फेला पारी बरामद गरी सो कार्यमा संलग्न भारतको पश्चिम बंगाल दार्जिलिङ खारीबारी थाना पानी ट्याङ्की बस्ने वर्ष ४४ को निलकान्त सिंह, सोही ठाउँ बस्ने वर्ष ४४ को दुलाल देही र सोही ठाउँका वर्ष ६४ को सञ्जय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राजश्व छलेर सुपारी ल्याउने मानिसहरू समेतलाई नियन्त्रणमा लिई कारबाहीको लागि  राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ । ।