कतार एयरकाे जहाज १ घण्टादेखि आकाशमै

161.77k
Shares

काठमाडौँ।

कतारबाट नेपाल आएको जहाज १ घण्टादेखि आकाशमा घुमिरहेको छ । दोहाबाट नेपाल आएको कतार एअरवेजको क्युटीआर ६४६ जहाज आकाशमा घुमिरहेको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १ घण्टादेखि कतारबाट आएको जहाज आकाशमा घुमिरहेको बताए। उक्त जहाज ४ बजेर २४ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । प्रतिकूल मौसमका कारण ल्याण्ड गर्न नसकेर उक्त जहाज आकाशमा घुमिरहेको हो ।

त्यस्तै, आज अपरान्ह दिल्लीबाट काठमाडौँ आएको इण्डिगोकोको जहाज त्रिभुवन विमानस्थलमा ल्याण्ड हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको थियो।

अहिले नेपालको काठमाडौंलगायत विभिन्न ठाउँमा पानी परिरहेको छ ।