प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

1.5k
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका नेता केपी शर्मा ओलीबीच मंगलबार भेट वार्ता भएको छ ।

एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । दुई नेताबीच शान्ति प्रक्रियाबारे छलफल भएको बताइएको छ।

पछिल्लो समय सत्ता गठबन्धनमा माओवादी र कांग्रेसबीच खटपट सुरु भएको चर्चा छ । यस्तो अवस्थामा भएको दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।