हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली मापदण्डभन्दा तल

252
Shares

काठमाडौँ।

हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको छ । आज भएको अनुगमनका क्रममा स्रोतमा फोहोर छुट्याउन राखिएका बाल्टिनमा रंग संकेत मिलेको देखिएन । सबै खालका बाल्टिनमा सबै खालका फोहोर हाल्ने गरिएको पाइयो ।

वरिष्ठ इञ्जिनियर निशा कोइराला अवस्थाका बारेमा जानकारी दिँदै भन्छिन्, ‘वर्गीकृत फोहोरको ढुवानी गर्ने ट्रली देखिएनन् । ढुवानी गरेर भण्डारण गर्ने ठाउँमा लैजाने बाटो साँघुरो छ । यसकारण बोकेको फोहोरले अक्सिजन सिलिण्डरलगायत अन्य सामान छुने जोखिम छ ।’