नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : केपी ओली

392
Shares

काठमाडौँ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘हुतीहारा’को संज्ञा दिए ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले बालकुमारीमा मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

आफूमाथि दोष लाग्दा समेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले बताए।  “त्यो मन्त्री बसिरहन मिल्छ ? लोकलाज पनि छैन । नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री,” ओलीले भने, “आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।”