विषाक्त सिनो खाएर पाँच गिद्ध मरे

770
Shares

नवलपरासी।

पूर्वी नवलपरासीमा साेमबार विषाक्त सिनो खाँदा पाँच जिउ गिद्ध मरेका छन्।  कावासाेती नगरपालिका ११ लाेकाहा खाेला किनार खेतमा मरेको स्यालको सिनो खाएका गिद्धहरू मरेको स्थानीयले बताए ।

मरेका गिद्धहरूमा ४ वटा डङ्गर र १ हिमाली प्रजातिका रहेको स्थानीय जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चाैधरीले बताए ।त्यस्तै घाइते अवस्थामा भेटिएका ६ डङ्गर र १ सुन प्रजाति गिद्ध मध्ये एउटा डङ्गरकाे अवस्था गम्भीर  रहेको बताइएको छ ।

घटना स्थलमा दुई वटा स्यालको सिनो भेटिएको र स्यालले विषाक्त आहार खाएर मरेपछि सोही सिनो खादा गिद्धहरू मरेको आशंका गरिएको छ ।

घाइते गिद्धहरूकाे जटायु रेस्टुरेन्टमा लगेर थप उपचार गरिने तथा मरेका गिद्धलाई मंगलबार पोस्टमार्टम गरी  पुरिने भएको छ  ।

स्थानीय नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा संरक्षित गिद्धहरू करिब ३ किमि उत्तर पूर्वको लाेकाहा खाेलामा भेटिएको सिनो खान आउँदा सो दुर्घटनामा परेका हुन् ।

लाेपाेन्मुख गिद्ध प्रजातिको विषाक्त सिनोकै कारण पटक पटक मृत्यु भई रहँदा स्थानीय जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति लगायत संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।