काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला

6.6k
Shares

काठमाडौं ।

काठमाडौंमा एक महिलाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।