भविष्यमा गठबन्धन गर्ने कि नगर्ने निर्णय परिस्थितिमा निर्भर हुनेछ : देउवा

1.69k
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।

बैठकमा देउवाले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।’

महासमिति बैठक फागुन १० गते सम्म संचालन हुनेछ।