पिता मदनकृष्णको अर्बाैं मान्छेहरूमा छोरी सरानाको कभर



काठमाडौं ।

गायिक सराना श्रेष्ठले आफ्ना पिता ख्यातिप्राप्त हास्यव्यंग्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको लोकप्रिय गीत अर्बौं मान्छेहरूमाको कभर गीत गाएर सार्वजकि गरेकी छन्।

मदनकृष्णको शब्द रचना र न्युह बज्राचार्यको संगीत रहेको गीतमाथि सरानाले गाएको कभर भर्सनमा भने रोहन शाक्यको संगीत रहेको छ भने रोहनकै गीतार, अमन बज्रचार्यको बाँसुरी र मनीष बज्रचार्यको किबोर्ड रहेको छ।

हालै माई गिटार होम युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमाथि एक म्युजिक भिडियो निर्माण गरिएको छ। जसको सुरुवातमा मदनकृष्णको तस्वीरसहित गीतको मौलिक स्रष्टाको बारेमा जानकारी दिइएको छ।

भिडियोमा सराना स्वमं फिचर्ड छिन् भने भिडियोको परिकल्पना र निर्देशन पनि उनैले गरेकी छन्। म्युजिक भिडियोमा अर्जुन खड्गीको सम्पादन र छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्