सशस्त्र प्रहरीका डीएसपी केसी स्वयम्भूबाट पक्राउ

8.2k
Shares

काठमाडौँ।

सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। उनलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।