‘नेवाः फोरमले जापानभित्र नेपालको अनुभूति गरायो ’

1k
Shares

जापान। 

नेवाः अन्तराष्ट्रिय फोरम जापान (एनआईएफजे) स्थापना भएको २० वर्ष पुगेको अवसरमा शनिवार जापानको राजधानी टोकियो शहरमा एक समारोहको आयोजना गरियो।

 समारोहको उद्घाटन गर्दै जापानका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले  भाषा, कला, संस्कृति, सम्पदाको मुलुकको रुपमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन नेवाः समुदायको महत्वपूर्ण भूमिका रहेको बताए। उनले ती सभ्यता र संस्कृति झझल्को जापानमा प्रस्तुत गर्ने प्रयासले जापानभित्र नेपालको अनुभूति गरेको धारणा राखे।उनले आधुनिक नेपालको निर्माण  लोकतान्त्रिक संघर्ष र शिक्षा क्षेत्रमा नेवाः समुदायको ठूलो योगदान रहेको बताए।

जापानमा अध्ययन वा रोजगारीको लागि नेपालबाट आएका नेपालीहरुले आफ्नो संस्कृति, भाषा, गीत संगीत जापानमा प्रस्तुत गर्ने कार्यले राष्ट्रियताको भावनालाई वृद्धि गर्न सघाउने बताउँदै राजदूत सुवेदीले एनआईएफजेको प्रयास र गतिविधिलाई सोही दृष्टिले लिएको बताए।‘नेपाल भाषा, संस्कृति, कलाको माध्यमबाट समग्र नेपाली र देशभक्तिको भावनालाई उँचो बनाएको छ । उनले भने ‘ नेवाः हुनुमा गौरव गर्नु भनेको नेपालप्रति राष्ट्रिय भावना हुन्।भाषा, संस्कार,संस्कृति, कला र संगीत राष्ट्रिय भावना बढाउने स्रोत हुन् ।’

सो अवसरमा जापानमा एनआईएफजेको संस्थागत विकास र त्यसका मार्फत नेपालभाषा, संस्कृति, गीतको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने माधव मानन्धर, ज्ञानु काठो मानन्धर, बिगेन्द्रमानसिंह प्रधान, भूपिगोविन्द श्रेष्ठ, राजन प्रधानाड्ड लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपालमा ६० लाख भन्दा बढी दर्शक र स्रोताले युटुयुब मार्फत रुचाएको नेपालको भाषाको निकै चर्चित गीत अय्ला लु वया.. का गायक निशा देशार र रोजमान महर्जनले सो गीतसंगै विभिन्न गीतहरु प्रस्तुत गरे। गीतको तालमा समारोहमा उपस्थिति राजदूत सुवेदीसंगै सहभागीहरु झुमिएका थिए । सो अवसरमा जापानमा बस्ने नेपालीहरु परम्परागत हाकु पटासी, दौरा सुरुवालमा सज्जिएर आएका थिए भने घिमे नृत्य प्रस्तुत गरिएको थियो।