संगीतमा गौतमदास र निशाको झिमिक्कै परेली

308
Shares

काठमाडौं ।

गायक गौतमदास मानन्धर र गायिका निशा देशारको स्वरमा झिमिक्कै परेली बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

अनिल शाहीको शब्द तथा संगीत रहेको गीत हालै राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। अन्जु मानन्धरद्वारा निर्मित गीत हाल बजारमा चल्दै आएको लोक, आधुनिक, रोमान्टिक र डान्सिङ बिटको समिश्रणमा तयार पारिएको छ।

गीतमाथि आकर्षक म्युजिक भिडियो निर्माण गरिएको छ। गीतको भिडियोमा मोडलद्वय मनोज महर्जन र हसना महर्जनले अभिनय गरेका छन् भने रेश्मा खड्गी र सुमित शाहीको कोरियोग्राफी रहेको छ।

अभि शाक्य र बबिन देसारको छायांकन तथा सम्पादन रहेको गीत ब्लु बेरी अडियो भिडियो कम्पनीको निर्माणमा हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

नेपाल भाषाका गीत संगीतमा पाराङ्गत गौतमदासका यसअघि विभिन्न एकल एल्बम प्रकाशन भएका छन् भने सदाबहार र नेपाल भाषासहित कयौं गीत सार्वजनिक भएका छन्। त्यसैगरी गायिका निशा देशारका थुप्रै नेपाली र नेवारी गीत हिट छन्।