मृत पाटेबाघकाे पोस्टमार्टम गरिने

980
Shares

नवलपरासी। 

पूर्वी नवलपरासीमा  मृत भेटिएको भाले  पाटेबाघकाे पोस्टमार्टम गरिने भएकाे छ । जिल्लाकाे मध्यविन्दु १० र १२ जाेड्ने अरूणखाेला जंगलमा शुक्रबार बाघ मृत फेला परेको थियाे ।

मृत भेटिएको बाघलाई  मरेकाे धेरै दिन हुँदा  दुर्गन्धित भई शरीरका अंङ्ग गलिसकेको भन्दै स्थानीय बन कार्यालयले जंगलमै खाडल खनी गाडेकाे थियाे ।
लगत्तै संकटा पन्न प्रजातिकाे बाघ के कति कारणले मरेकाे हाे यकिन नगरी खाल्डाेमा पुरेपछि संचारकर्मी तथा संरक्षणकर्मी  हरूले प्रश्न उठाएका थिए ।

शनिवार चितवन राष्ट्रिय निकुञ्जकाे प्राविधिक टोलीद्वारा गाडिएको ठाउँबाट मृत बाघलाई निकालेर पोस्टमार्टम गरिने डिभिजन वनका सहायक अधिकृत अर्जुन सापकाेटाले बताए ।
सापकाेटाका  अनुसार पोस्टमार्टम पछि त्यसका अवयबहरू कसैले नचलाउन भनी दुम्किबास स्थित चक्ला वन कार्यालय भीत्रै पुनः खाडल खनी मृत बाघलाई  गाडिने छ ।

दुम्किबास अरूणखाेला क्षेत्रमा बिगत केही महिनादेखि बाघले  घर पालुवा जनावर तथा मानिस लाई आक्रमण गर्दै आएकाे थियाे ।मृत भेटिएको बाघ स्थानीय वन क्षेत्रमा मानिसको ज्यान लिने नै थियाे या अर्का कुनै यकिन हुन सकेको छैन ।

साे वन क्षेत्रमा पटक पटक जंगली जनावरबाट मान्छे मारिदा मानव वन्यजन्तु द्वन्द्व बढेको छ भने अर्को तर्फ पाटे बाघ एकाएक मृत भेटिदा संरक्षणमा चिन्ता थपिएको छ ।