छ जना पत्रकारलाई पुरस्कार, तीन जनालाई विशेष सम्मान

2.2k
Shares

काठमाडौं।

नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।
पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा हुने १२ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गर्न लागिएको हो। पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनमा क्रियाशील वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गरेका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धरलाई प्रदान गरिने छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ।

ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठलाई प्रदान गरिने छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

देवशोभा कंसाकारद्वारा स्थापित अग्रधम्मान्ुदाता ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको थियो। यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटोपत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिने छ । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ। विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिने छ ।

पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्षसमेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनील महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकास, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक,भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कारका लागि ती पत्रकारहरुको नामावली सिफारिश गरेको हो।

तीन जनालाई विशेष सम्मान

त्यसैगरी सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोर्खापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिने भएको छ ।