टिपर दुर्घटना हुँदा चालकको मृत्यु

1.9k
Shares

रामेछाप । 

रामेछाप टिपर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शुक्रवार मन्थली नगरपालिका ६ सेलेघाटमा टिपर दुर्घटना हुँदा सोही टिपरका चालकको मृत्यु भएको छ ।

बिहान ११ : ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन आयोजना तर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर एक्कासि पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटनास्थल मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।

प्रहरी सहायक निरीक्षक लामाका अनुसार टिपर सडकबाट अन्दाजी एक सय  मिटर तल भिरमा खसेको छ । दुर्घटना स्थल तर्फ जिल्ला प्रहरी कार्यालय मन्थलीबाट प्रहरी निरीक्षक रञ्जन गिरीसहित टोली घटना स्थलमा जाँदै गरेको रामेछाप प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षमा रामेछाप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।