मेयर बालेनले भने- खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

2.1k
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् ।

पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको समाचार आइरहेका बेला उनले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौं।’