कबड्डीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री भुवन खड्कालाई पितृ शोक 

364
Shares

ओखलढुंगा ।

कबड्डीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री तथा राष्ट्रिय खेलाडी भुवन खड्कालाई पितृ शोक परेको छ । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. १ स्थायी घर भएका खड्काका बुबाको बुधवार निधन भएको हो ।

खड्काको बुबा हित बहादुर खड्का छातीको क्यान्सरसँग लामो समयदेखि ग्रसित रहेका थिए । क्यान्सरको उपचारका क्रममा रहेका खड्काको ६६ वर्षको उमेरमा बुधवार उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौंमा निधन भएको खड्काको पारिवारिक श्रोतले जानकारी दिएका छन् ।