एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

70
Shares

काठमाडौँ।

नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।

यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ ।