एमाले धादिङको अध्यक्षमा त्रिपाठी विजयी

266
Shares

काठमाडौँ।

नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन्। बिहीबार भएको निर्वाचनपछि भएको मतगणना परिणाम त्रिपाठीको पक्षमा गएको हो।

उनले ३०९ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २३८ मत प्राप्त गरेका छन्।

त्रिपाठी र अधिकारीको मतान्तर ७१ रहेको छ।

यससँगै त्रिपाठी जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचनमा ५५० मत खसेको थियो।