कामनाका संस्थापक अध्यक्ष श्रेष्ठको सम्झनामा रक्तदान

364
Shares

काठमाडौं ।

कामना न्युज पब्लिकेसन प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लब नेपालका संस्थापक समाजसेवी स्व. भरतलाल श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रम सुरु भएको छ।

‘रक्तदान जीवनदान’ को मूल नारासहित बिहीबार काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा हाल रक्तदान कार्यक्रम जारी छ।

बिहान ११ बजेदेखि सुरु रक्तदान कार्यक्रम अपरान्ह ४ बजेसम्म चल्ने जनाइएको छ। स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ।