बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न



काठमाडौं ।

राजधानीमा ३०औं राष्ट्रिय बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ। किराँतेश्वर संगीताश्रमले पशुपति परिसरमा आयोजना गरेको प्रतियोगितामा गायन, सुर र ताल वादन विधामा पुराना तथा नवोदित बालकलाकारले आ–आफ्नो कला प्रतिभा प्रस्तुत गरेका थिए।

सुरवादनतर्फ १३ जनाले भाग लिएको प्रतियोगितामा निभा बज्राचार्य प्रथम, रुजेन धाख्वा द्वितीय, सिद्धिसागर अमात्य तृतीय र सौम्या सिं सान्त्वना भए। त्यस्तै तालवादनतर्फ प्रहर्ष महर्जन प्रथम र रितिश महर्जनले सान्त्वना स्थान हासिल गरेका छन्।

त्यस्तै, गायनतर्फ प्रशान्त पोखरेल प्रथम, देवश्री आचार्य द्वितीय तथा नेहा उप्रेती र आर्या महर्जनले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा अनन्त प्रजापति, मनमोहन थपलिया र रामकुमार अर्याल निर्णायक रहेका थिए।

बालबालिकालाई शास्त्रीय संगीतको महत्व र रुचि पैदा गर्न हरेक वर्ष सो कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतियोगिताका विजयीहरूलाई आगामी १२ गते एक समारोहबीच प्रमाणपत्र र पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।प्रतियोगितामा कुल ३० जना सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्