कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

2.7k
Shares

चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट दुई सय मिटर तल खसेको हो।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृतकको पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ।

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।