चर्किंदै कट्टा हान्दिन्छु गीतको विवाद

3.6k
Shares

काठमाडौं ।

गायक खेम सेन्चुरी र गायिका एलिना चौहानको स्वरमा करिब तीन हप्ताअघि सार्वजनिक भएको गीत कट्टा हान्दिन्छुको विवाद चुलिँदै गएको छ।

गायक विश्वराम कार्कीले सो गीत आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै प्रतिलिपि अधिकार रजिष्टार कार्यालयमा उजुरी दिएका छन्।

उजुरीमा कार्कीले पुरानो गीत आफ्नो भएको,तर उल्टै आफूलाई चोरीको आरोप लगाएर मानसिक यातना दिएको र आफ्नो गीत हुबहु नक्कल गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझीको युट्युब च्यानलमा गीत रिलिज गरिएको उल्लेख गरेका छन्।

सो गीतको विवाद मिलाउन प्रतिलिपि अधिकार रजिष्टार कार्यालयले दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलाएको थियो।

रजिष्टार कार्यालयका सूचना अधिकारी सुरेशचन्द्र अधिकारीले कार्यलयमा उजुरी प्राप्त भएको र सो आधारमा दुवै पक्षलाई छलफलका लागि कार्यालय बोलाएको नेपाल समाचारपत्रलाई जानकारी गराए।

‘मंगलबार गीतका रचनाकारलगायत छलफलका लागि प्रतिलिपि रजिष्टार कार्यालयमा आउनु भएको थियो। हामीले उहाँहरूबीच सहमतिका लागि एक हप्ताको समय दिएका छौं,’ अधिकारीले जानकारी गराए, ‘उहाँहरूलाई छलफलका लागि एक हप्ताको समय दिइएको छ। यदि सहमति भएन भने कानुनअनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ र अनुसन्धानका लागि टेकु प्रहरी परिसरमा पठाउनुपर्ने हुन्छ।’

खेम र एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द रचना र खेम सेन्चुरीको संगीत छ। सो गीत रिलिज भएको केही दिनमा गायक विश्वरामले पनि कट्टा हान्दिन्छु बोलमै भिडियोसहित गीत युट्युबमार्फत् रिलिज गरेका थिए।

जसमा कार्की जी (सुबास कार्की) को संगीत तथा सुबास र मेगेन्द्र सुवेदीको शब्द रहेको उल्लेख गरिएको छ।

एलिना र खेमको स्वर रहेको गीतमा मान दिनेलाई मान दिन्छु, शान दिनेलाई शान दिन्छु तिम्ले धोका दियौ भने माँ कसम कट्टा हान्दिन्छु भनिएको छ भने विश्वरामको गीतमा शान दिनेलाई शान दिन्छु मान दिनेलाई मान दिन्छु धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु भनिएको छ।

एलिनाको स्वरको गीत रिलिजको केही समयमा नै हिट भएको थियो भने गीत हालसम्म पनि युट्युबको ट्रेन्डिङ नम्बर एकमा रहेका