![](https://newsofnepal.com/wp-content/uploads/2024/02/422923595_1094473148421983_2241411110904760006_n-scaled-e1707888634941.jpg)
काठमाडौं ।
कामना न्युज पब्लिकेसन प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लब नेपालका संस्थापक समाजसेवी स्व. भरतलाल श्रेष्ठको सम्झनामा यही फागुन ३ गते रक्तदान कार्यक्रम हुने भएको छ।
‘रक्तदान जीवनदान’ को मूल नारासहित काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम हुन लागेको हो।
बिहीबार बिहान ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा रक्तदानका लागि इच्छुक १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्ने छन्।
स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ।