स्वयम्भूमा सरस्वती पूजा र अक्षरारम्भ गर्नेको घुइँचो (फोटोफिचर)

126
Shares

काठमाडौं ।

आज देशभर श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ सँगै विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदै छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

यसैक्रममा स्वयम्भूनाथस्थित सरसस्वती मन्दिर परिसरमा देवी सरस्वतीको पूजा गर्न आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

आजका दिन अक्षरारम्भ गर्ने प्रचलन पनि रहेको छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।

स्वयम्भूमा बिहानैदेखि सरस्वती पूजा र अक्षरारम्भ गर्नेको घुइँचो लागेको छ। बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन् ।