नक्कली असई पक्राउ

25k
Shares

काठमाडौं ।

नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिँड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छिन्।

उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्।

असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।