काष्ठकलाकाे लागि प्रख्यात मोतिलाल शिल्पकार

3.48k
Shares

वर्षको एकचोटी सार्वजनिक क्षेत्रमा सरसफाई वा केही थोर बहुत सामाजिक काम गरेर त्यस भन्दा बढी प्रचार खोज्ने कुनै वित्तीय संस्था वा व्यवसायीका निम्ति सामाजिक उत्तरदायित्वको विषयमा शिल्पकारको जीवनी एउटा उदाहरण हुनेछ ।

काष्ठकलाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात ललितपुर । यही पहिचानलाई पुस्तौंदेखि धानिरहेका मोतिलाल शिल्पकार ८९ वर्षको उमेरमा आइतबार रहेनन्।काष्ठकलाको क्षेत्रमा नेपालमा गनिएका, चुनिएका उद्योगीलाई अरु क्षेत्रमा सक्रिय हुनुपर्ने सरसर्ती हेर्दा खासै जरुरत पनि थिएन।तैपनि उनको समग्र जीवन भने उद्योग र व्यवसायमा मात्र सीमित भएन।

सामाजिक जीवनका विविध क्षेत्रमा उनको सक्रियता जरुरी उनको आफ्नै बोध र चेतले पदौ गरिदिएको थियो ।आखिर दायित्व लिएपछि परिआउने हो । ८९ वर्षसम्म बाँचेका शिल्पकारको समग्र जीवनका कर्मलाई तीन आयामबाट हेर्न सकिन्छ । पहिलोे काष्ठकला, हस्तकला र उद्योगीको रुपमा, दोस्रो परम्परागत नौं बाजा, न्यकू जात्राको संरक्षण र निरन्तरतामा र तेस्रो बुद्ध धर्मको विकास र विस्तारको क्षेत्रमा।उनको सार्वजनिक जीवनको चिन्ता, उठबस वा संस्थागत आबद्धको घेरा यी तीन वटै पक्षको सेरोफेरोमा घुमेको पाउँछौं।

अझ सबैभन्दा महत्वपूर्ण कुरो के हो भने समाजको यी पक्षको विकास, प्रवर्ध्दन लागि सञ्चारमाध्यमर सञ्चारकर्मी भूमिका अपरिहार्य हुने धारणमा उनको मनमा निकै गढेको देखिन्छ । सञ्चारउद्योगको प्रवद्र्धन, यी क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहित गर्ने कार्यमा पनि शिल्पकारको भूमिका उल्लेखनीय रहेको छ । उनले स्थापना गरेको मोति पत्रकारिता पुरस्कार नेपाल भाषा, संस्कृतिको विकासको क्षेत्रमा स्थापित पहिलो पत्रकारिता पुरस्कार हुन्। त्यसैगरी ललितपुरमा धेरैजसो समाचारको विषय बन्ने र समाचारमा छाउने मध्येका एक व्यक्तित्व शिल्पकार हुन्।उनी पत्रपत्रिकाका एक सक्रिय पाठक, समाचारको स्रोत र उनको जीवन गाथा समाचारको विषय पनि हुन्।

नौं बाजाको गुरुका रुपमा होस् त्यसको संरक्षणमा लाग्दा शिल्पकारका लागि शताब्दी पुरुष सत्यमोहन जोशी सदैव प्रेरक र सहयोगीको रुपमा रहयो। जोशीले शिल्पकारलाई अंग्रेजी सिकाएका थिए भने जोशीलाई उनले वाद्यवादन सिकाएका थिए। आफ्नो वाद्यवादक क्षमता राष्ट्रिय र अन्तर्राष्ट्रियमाझ देखाउने अवसर जोशीले शिल्पकार जुराईदिएका थिए । यही गुणले ओतप्रोत भएपनि हुनुपर्दछ सत्यमोहन जोशीको नेवारी परम्परा अनुसार तेस्रो जंकुमा नगर घुमाउनदेखि लिएर सबैको नेतृत्व आफैले लिएका थिए ।

विशेष रुपमा भन्नुपर्दा विभिन्न भेग, स्थानमा बौद्ध विहार निर्माण, चैत्य स्थापना, बौद्ध परियतिको पुस्तक प्रकाशन, बालबालिका र महिलालाई बौद्ध परियति अध्ययन र रचनात्मक क्रियाकलापमा मार्फत क्षमता विकासमा उनको चासो, चिन्ता र सहयोगले जीवनको अन्तिम अवस्थासम्म निरन्तरता पाइरहयो।बुद्ध धर्मको क्षेत्रमा शिल्पकारको सहयोग बेगरको कार्यक्रम औलामा पनि गन्न सकिन्छ ।

एक धनवानले आफ्नो धन यी क्षेत्रको विकासको लागि सदुपयोग गरी कमाएको धनकै इज्जत बढाए । शिल्पकारको हातबाट खर्चिएको धनले पनि धन्य र गौरवको महसुश गरेको हुनुपर्दछ । वर्षको एकचोटी सार्वजनिक क्षेत्रमा सरसफाई वा केही थोर बहुत सामाजिक काम गरेर त्यस भन्दा बढी प्रचार खोज्ने कुनै वित्तीय संस्था वा व्यवसायीका निम्ति सामाजिक उत्तरदायित्वको विषयमा शिल्पकारको जीवनी एउटा उदाहरण हुनेछ ।

ती क्षेत्रको प्रवद्र्धनमा धनले मात्र नभई शारिरीक र मानसिक हिसाबले उनी सक्रिय रहे । तीन महिना अघि उनको तेस्रो जंकु धार्मिक र सामाजिक माहौलकाबीच सम्पन्न भएपछि अलि गलेका शिल्पकार मृत्यु हुनु अगावैको छ महिनाभित्रमा विरामी भएर उपचार र आराम गरेको तीन चार महिना बाहेकको समयलाई छाडेर भन्नुपर्दा जीवन सक्रिय रहयो। बुढेशकाल सानदार रहयो ।

सम्मानित रहयो । शीलं यावं जरा साधु चरित्र र राम्रो स्वभावले नै मानिसलाई बुढेकालसम्म रक्षा गर्दछ  भन्ने बुद्ध वचनको ज्वलन्त उदारहणका रुपमा शिल्पकारको जीवन नियाल्दा अनुभुत गर्न सकिन्छ । उनको सत्कर्म, पूण्यको प्रभावले धार्मिक विश्वास अनुरुप सम्भवतः देवराज इन्द्रको सभामा आईतबार एक बजेपछि भव्य रुपमा स्वागतका र सत्कार गरियो होला। उनको निर्वाण कामना। शोकाकुल परिवारप्रति हार्दिक समवेदना ।उनको निर्वाण कामना। शोकाकुल परिवारप्रति हार्दिक समवेदना ।