उद्योगी तथा समाजसेवी मोतिलाल शिल्पकारको निधन

1.5k
Shares

 काठमाडौं ।

उद्योगी तथा समाजसेवी मोतिलाल शिल्पकारको निधन भएको छ। काष्ठकलाबाट ललितपुरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल शिल्पकारको ८९ वर्षको उमेरमा निधन भएको हो।

विगत लामो समयदेखि बिरामी भएर उपचार गराइरहेका शिल्पकारको आइतबार निधन भएको हो।

सञ्चार उद्योगको प्रवर्द्धनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ।  पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहित गर्ने कार्यमा उनको भूमिका उल्लेखनीय रहेको छ।

उनले स्थापना गरेको मोति पत्रकारिता पुरस्कार नेपाल भाषा, संस्कृतिको विकासको क्षेत्रमा स्थापित पहिलो पत्रकारिता पुरस्कार हुन्। नौं बाजा, न्यकू जात्राको संरक्षक समेत रहेका शिल्पकारले बौद्ध धर्म प्रचारप्रसारका लागि आर्थिक सहयोग गरेका थिए।