दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

350
Shares

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ।

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उनी भने नआउने भएका छन् ।

साता दिनका लागि चितवन गएका पूर्वराजा नभए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो।