दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

840
Shares

काठमाडौं।

दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ६१ वर्षीय डुल बहादुर खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।