जापान पठाइदिन्छु भन्दै ३५ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

882
Shares

काठमाडौं।

जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा मकवानपुर निबुवाटार गाउँपालिका-४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बिजुली बजारबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।