लागुऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा 

2.3k
Shares

काठमाडौँ।

प्रहरीले लागुऔषध ट्याब्लेट र सुईसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप-महानगरपालिका वडा नं. १ देवकोटा चोकस्थित वीरगंजबाट लागुऔषध ट्याब्लेट र सुईसहित निजगढ नगरपालिका वडा नं. ६ योजना टोल बस्ने बर्ष २९ को हेम बहादुर थापा र  सोही ठाउँ बस्ने बर्ष २१ को आशिष तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो।

कलैया हुँदै निजगढ तर्फ जाँदै गरेको ना ५६ प ८७७१ नं. को पल्सर मो.सा. शंका लागि  चेक जाँच गर्दा उनीहरुले  लुकाई छिपाई लैजादै गरेको उक्त  लागु औषध ट्याब्लेट र सुईसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले  डाईजापाम-५६ एम्पुल, फेनारगन-५३ एम्पुल,नोरफिन-५३ एम्पुल,ट्रामानिल-५६ पत्ता (६५० पिस ) बरामद गरेको छ।

उनीहरु माथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले  जनाएको छ ।