नेपथ्थे युवा समाज ज्यामिरे ओखलढुङ्गाको आयोजनामा भलिबल प्रतियोगिता हुने 

1.6k
Shares

ओखलढुङ्गा । 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा फाल्गुन ४ गतेदेखि  अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।  नेपथ्थे युवा समाजको आयोजनामा उक्त  प्रतियोगिता हुन लागेको समाजका सचिव धिरेन्द्र  खड्काले आज पत्रकार सम्मेलन गरेर उक्त  कुरा बताएका हुन्  ।

 प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले नगद  ५१ हजार १११ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा प्रवेश गर्न सफल हुने दुई टिमले भने नगद २५ हजार १११ सहित प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलन समाजका उपाध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विधा अन्तर्गत सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट क्विक स्पाईकार, सर्वोत्कृष्ट ओपन स्पाईकर, सर्वोत्कृष्ट स्पाईकर तथा उत्कृष्ट ब्लकरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

त्यस्तै क्वाटर फाइनलबाट भने प्रतियोगिताका म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद सहित मायाको चिनो प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । प्रतियोगितामा १२ टिम भन्दा कम टिम सहभागी भएमा लिग कम नकआउटका आधारमा खेल खेलाइने आयोजकले जनाएका छन् । फाल्गुन ३ सम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता शुल्क भने १० हजार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अझ रोचक बनाउनका लागि १५ देखि २५ वर्ष उमेर समूहका युवा खेलाडीहरुलाई सहभागी गराउने गरी  ३ हजार मिटरको दौड प्रतियोगिता राखिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै भलिबल तथा दौड सँगै स्लो बाइक रेस प्रतियोगिताको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

३ हजार मिटर दौड प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताका विजेताहरुले क्रमशः प्रथम हुनेले नगद  ६ हजार १ सय ११, दोस्रो हुनेले ४ हजार १ सय ११ र तेस्रो हुनेले २ हजार १ सय ११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन्  ।