काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियमसंगत भएको दाबी गरेकी छन् ।
सोमबार बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गरेकी हुन् ।
उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उनले जानकारी दिइन् । समितिले मन्त्री राईलाई बोलाए पनि राज्यमन्त्री कुमारी गएकी हुन् ।
उपकुलपतिका लागि दरखास्त माग गर्दा परेको ४३ जनाको आवेदनमध्ये १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा विवादमा परेपछि समितिले सोमबार शिक्षामन्त्री राईलाई डाकेको थियो । तर,समिति बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी हुन् ।
प्रतिक्रिया