एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेड २–१ ले विजयी



काठमाडौं ।

इंग्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए। त्यस्तै भिल्लाका लागि एक गोल डोगलस लुइजले गरेका थिए।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४१ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यसैगरी २४ खेलमा ४६ अंक रहेको एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्