दुई संसदीय समितिको बैठक बस्दै

70
Shares

काठमाडौं ।

सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित संसद् सचिवालय परिसरमा बिहान ११ बजे उक्त बैठक बस्नेछ। शिक्षा समितिमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ।