घुससहित पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा

2.07k
Shares

काठमाडौँ।

काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष समेत रहेका टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो।

आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको थियो।

अख्तियारले उनका विरूद्धमा माघ २६ भ्रष्टाचार मुद्दा दायर गरेको थियो।