‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

8.1k
Shares

हुम्ला  ।

 हुम्लाको  सिमकोट  गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएको  छ।

सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष नन्द रावतले आइतबार निकालेको सूचनामा  फागुन १ गते मंगलबार गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालयमा एक दिनको लागि बिदा दिने उल्लेख छ

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

उता  ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि हुम्लाका मुख्य केन्द्र विन्दु सदरमुकाम सिमकोट गाउँपालिका रहेको स्थानीय सरकारले सार्वजनिक बिदा दिएको छ ।

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।