अरुण चौधरीलाई अदालतले छाड्न आदेश दिएकोप्रति गृहमन्त्री असन्तुष्ट

378
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको समेत उनले जिकिर गरे ।

‘अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान त्यसपछि छोडिदेऊ भनेर पुलिस अधिकारीलाई निर्देशन दिने अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो ।’ बैठकमा उनले भने,तर हामी मान्छौं।’

बाँसबारीको १० रोपनी जग्गा घोटला प्रकरणका अरोपिलाई छाडे पनि सरकारले मुद्दा नछाडेको श्रेष्ठले बताए ।