नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

280
Shares

काठमाडौं ।

नेपाल व्यवस्थापन संघमा मोहनराज ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। संघको ४३ औँ साधारणसभाले ओझाको अध्यक्षतामा आगामी दुई वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको प्रथम उपाध्यक्षमा सुमन पोखरेल, द्वितीय उपाध्यक्षमा हेमा अधिकारी, महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कविराज अधिकारी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा धर्मानन्द अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्णप्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, सूर्यप्रसाद सिलवाल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमार पाण्डा, अजयकुमार मिश्र र महेश स्वाँर रहेका छन्।