काठमाडौंको एक होटलमा महिला मृत फेला

41.92k
Shares

काठमाडौँ।

काठमाडौंको एक होटलमा शनिबार एक महिला मृत फेला परेकी छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित एक होटलमा अन्दाजी ४५-५० वर्षीया महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ

प्रहरीका अनुसार ‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा महिला मृत फेला परेकी हुन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले उनको पहिचान खुलाउने प्रयास गरिरहेको छ। महिलाको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक जना पुरुषले उक्त कोठा लिएका र उनी अहिले फरार छन्। ती पुरूषको पहिचान खुलेको भए पनि ती महिलाको भने पहिचान खुल्न सकेको छैन।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।