वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

140
Shares

काठमाडौं।

गोरखा घर भई काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव विक तथा मोहसिन अलि मियाँ कार्यसमिति सदस्य चयन भएका छन् । अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिको बैठकले वरिष्ठ पत्रकारहरु रामजी दाहाल, खिलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मद्दत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके सस्थाले गोरखाका पत्रकारहरुको लागि धेरै योगदान पु¥याउन सक्ने धारणा राखे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नमा आफूले सक्दो कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।