नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अध्यक्षमा भण्डारी

448
Shares

काठमाडौँ ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडमा सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । संघको शुक्रवार सम्पन्न वार्षिक साधारण सभाले सुरेन्द्र भण्डारीलाई पुन अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको सञ्चालक समितिको उपाध्यक्षमा पुष्पबहादुर पौडेल, सचिवमा तुलसीप्रसाद सापकोटा तथा कोषाध्यक्षमा शरदकुमार महर्जन चयन गरेको छ । संचालकहरुमा कोशी प्रदेशबाट गीता पौडेल, मधेश प्रदेशबाट शम्भुलाल श्रेष्ठ, बागमती प्रदेशबाट नरेन्द्र विष्ट, गण्डकी प्रदेशबाट विपिन मल्ल, लुम्बिनी प्रदेशबाट भूपेन्द्रप्रसाद अधिकारी, कर्णाली प्रदेशबाट चन्द्रप्रसाद थानी र सुदूर पश्चिम प्रदेशबाट सुरेन्द्रकुमार शाह चयन भएका छन्  ।

त्यसैगरी खुल्ला संचालकमा प्रतिभा मुडभरी, कमला विष्ट, दिलबहादुर महर्जन, लक्ष्मणप्रसाद बिडारी, तिर्थराम डंगोल, बिदुरमान सिंह बस्नेत, चन्द्रकृष्ण श्रेष्ठ र भुवनमान शाक्य चयन भएका छन् ।  निर्वाचनमा  संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोलाप्रसाद शर्मा खरेल र दुई सलस्यमा  न्यूछेमाया महर्जन र राममणि तिमिल्सिना लाई चयन गरेको छ ।