बद्री पंगेनीको चोली फेर्ने माया



काठमाडौं ।

लोकप्रिय लोकगायक बद्री पंगेनीले चोली फेर्ने माया बोलको गीत सार्वजनिक गरेका छन्। उनले यो गीत आफूले निरन्तरताका लागि मात्रै ल्याएको बताएका छन्।

हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कार्यक्रममा शुभचिन्तकले गीत गाउन छाड्नुभयो कि भन्ने प्रश्न गरिरहेकाले नयाँ गीत ल्याएको बताए।

गीतमा पंगेनीसँगै शान्ति भण्डारीको स्वर छ भने शब्द र संगीत शिव हमालको रहेको छ। गीतको भिडियोमा नायक पुष्प खड्काका साथ गायक पंगेनी र गायिका भण्डारीले अभिनय गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन्।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा सो संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले नेपाली लोकगीतको क्षेत्रमा गायक पंगेनीको योगदान अतुलनीय रहेको र अहिलेको सिर्जनाले पनि दर्शक तथा स्रोताको मन जित्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सडक साधकको रूपमा परिचित प्रज्ज्वल कुमालले पंगेनीका हरेक गीत समाजस”ग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास राखे।

प्रतिक्रिया दिनुहोस्