अभयाको बादल जोम्बी थिममा



काठमाडौं ।

लोकप्रिय रक गायिका अभय सुब्बा एक वर्षपछि आफ्नो ब्यान्डमेट द स्टिम इन्जिनका साथ नयाँ गीत बादल लिएर दर्शक स्रोता माझ फर्किएकी छन्।

अभया र स्टिम इन्जिनले हालै राजधानीमा आयोजित एक कार्यक्रमम गीतको लाइभ प्रस्तुति दिँदै उक्त गीत सार्वजनिक गरेका हुन्। गीतमा विप्लव प्रतीकको शब्द रचना रहेको छ।

गीत सन् २०१६ मा रिलिज भएको एल्बम लुकिङ फर लभका लागि रेकर्ड गरिएको थियो। उनले सोही गीत पुनः म्युजिक भिडियोसहित दर्शकमाझ ल्याएका हुन्।

कार्यक्रममा बोल्दै अभयाले नेपालमै पहिलोपटक आफूले भिडियोका लागि जोम्बी थिममा म्युजिक भिडियो निर्माण गरेको बताइन्।

‘मोडलहरूलाई जोम्बीको भूमिकामा अभिनय गराउनु हाम्रो लागि एकदमै चुनौतीपूर्ण थियो। तर, उनीहरूले राम्रो अभिनय गरेका छन्’ अभयाले सो म्युजिक भिडियोले समाजको पछिल्लो अवस्था देखाउन खाजेको जनाउँदै भनिन्। ‘हाम्रो समाज विभिन्न खालका समस्याबाट माथि उठ्न सकिरहेको छैन। जसले हामीलाई भित्रभित्रै खाइरहेको छ र मानिसलाई विदेसिनुपर्ने बाध्यता छ। जसको कारण अब हाम्रो समुदायमा कोही रहँदैन केवल यी जोम्बी मात्र रहनेछन् भन्ने भिडियोमा देखाउन खोजेका हौँ।’

यस वर्ष आफ्नो हार्ड रक अवतारको साथ प्रस्तुत भएको बादल गीतमाथि निर्मित म्युजिक भिडियोमा जोम्बीका रोमाञ्चक दृश्यका साथमा गोली हानिएको दृश्य समावेश छ।

अभयाकै कन्सेप्टमा तयार भएको गीतको भिडियोमा उनीसँगै रोहन लामिछाने, अर्जुन लामिछाने, प्रज्वल लामिछाने, सुसन मगर, सालिक राज, एन्जेई शेर्पा, दावा भुटी शेर्पा, स्वर्णिम राई, आयुष्मा क्षेत्री, रमेश दोङ, सुनील रुम्बा, उत्तर राई, पेम्बा, सभ्यता बोहरा र रोचक मुखियाले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्