पत्रकार अधिकारीलाई कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार प्रदान

0
Shares

काठमाडौं ।

कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार रञ्जना अधिकारी पुरस्कृत भएकी छन्।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा मोरङको रतुवामाईकी पत्रकार अधिकारी पुरस्कृत भएकी हुन्।

पुरस्कारको राशि १५ हजार रहेको छ। उनी रतुवामाईबाट सञ्चालित रेडियो सुनाखरीमा कार्यरत छिन्। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुरस्कार वितरण गरे।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले नेता विनोद ढकाल, पत्रकार महासङ्घ कोशीका महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो।